बेलायतमा एउटा यस्तो बिजुलीको बल्ब छ जुन पछिल्लो १ सय वर्षदेखि लगातार बलिरहेको छ । २३० भोल्ट तथा ५५ वाटको यो बल्बले बिजुलीको बल्बको औषत आयुलाई माथ दिँदै लगातार बलिरहेको हो । स्मरण रहोस् यो जहाज टाइटेनिक जहाज डुबेको केही महिनापछि सन् १९१२ मा बनेको थियो ।

द सन पत्रिकामा छापिएको खबर अनुसार ७४ वर्षका रोजर डयबलको लोवस्टोफस्थित घरमा यो बल्ब बलिरहेको छ । आफु ४५ वर्षअघि उक्त घरमा आउँदा सोही बल्ब रहेकोमा अहिलेसम्म नबिगि्रएको र नि्रन्तर बलिरहेको उनी बताउँछन् ।

यस्तो टिकाउ बल्बको बारेमा प्रभावित भएर डयबलले उक्त बल्बको सिरियल नम्बर लगायतका जानकारी समावेश गरेर बल्ब निर्माता ओसराम जीइसी कम्पनीको लण्डनस्थित मुख्यालयलाई पत्र लेखेछन् । पत्रको जवाफमा कम्पनीले सन् १९१२ को जुलाइमा उक्त बल्ब बनाइएको बतायो । कम्पनीको यस्तो जवाफपछि डयबल तिनछक परे र यो बल्ब अजम्बरी रहेको र सधैभरी यसैगरी बलिरहने बताउन थालेका छन् । बल्ब बनेको केही महिनापछि नै उक्त बल्बलाई ग्राहकले किनेर उक्त घरमा जडान गरेको र त्यसयता उक्त बल्न बलिरहेको उनको भनाइ छ ।

विज्ञानका अनुसार बिजुलीको फिलामेन्ट बल्ब सामान्यतया १ हजार घण्टा बलेपछि फ्युज हुन्छ । तर यो बल्बले विज्ञानलाई पनि माथ खुवाइदिएको छ । यो बल्ब विश्वको सबैभन्दा लामो समयसम्म बलिरहेको बल्बको रुपमा नाम लेखाउने क्रममा छ ।